citizens life insurance long ad
stcnepal long ad

सृजना महिला सहकारीको २० औ साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । महिलाहरु द्धारा पूण रुपमा संचालित सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको २० औ साधारण सभा सम्पन्न भएको छ । २०५९ मा सृजना विकास केन्द्रको अग्रसरमा स्थापित सहकारी ले ११ सय भन्दा बढी सदस्यहरु मार्फत १७ करोड को कारोकार गदै आएको छ ।

बचत तथा ऋण संगै विविध समाजिक कार्यहरु गरीदै आएको अध्यक्ष शुष्मा पहारी बरालले बताईन । सो साधारण सभाको शुभारम्भ गदै केन्द्रीय बचत संघका महासचिव दामोदर अधिकारीले सहकारीको विकासमा शेयर सदस्यहरु नै प्रमुख रुपमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा सृजना विकास केन्द्र का अध्यक्ष कृष्ण बहादुर थापाले महिला उद्दमशिलताका लागि सहकारी मार्फत महिलाहरुलाई नेतृत्व बिकास गराउनु पर्ने बताए ।

संस्थाका  अध्यक्ष शुष्मा  पहारीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष छविलाल लामिछाने, जिल्ला बचत संघका अध्यक्ष भेषराज बराल, जाल्पादेबी बहुउद्देश्ययीय बिकास समितिका अध्यक्ष विश्व कुमार बिजुक्छे, जाल्पादेबी महिला समुहका संस्थापक अध्यक्ष  शारदा सुबेदी,  संस्थाका संस्थापक अध्यक्ष सृजना बराल, पूर्व अध्यक्षहरु , शान्ती शर्मा,  कमला गिरी, पवित्रा के. सी. ले सहकारी मार्फत सदस्य सेवा कार्यक्रम गर्नु पर्ने बताए ।

संस्थाका अध्यक्ष शुष्मा पहारीको सभापतित्वमा भएको कार्यक्रममा उकृष्ट कारोबार , बाल बचत का उकृष्ट बालबालिका हरुलाइ सम्मान उपाध्यक्ष शारदा गिरी, सचिव तारा के. सी. कोषाध्यक्ष सुनिता गीरी शिक्षा समिति संयोजक नेत्रमाया गीरी द्धारा प्रस्तुत संस्थागत प्रतिबेदन पारित गरेको छ ।

IME Life
kumari