citizens life insurance long ad
stcnepal long ad

चलचित्र लाखेको ‘तिम्रो पिरेम’ गीत सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली चलचित्र लाखेको गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘तिम्रो पिरेम’ बोलको गीत सार्वजनिक भएको हो ।

आगामी कात्तिक १८ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको चलचित्र लाखेमा सौगात मल्ल, अनुपविक्रम साही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सञ्जोग राणा लगाएतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरिमल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ ।

फिल्मको यसअघि दुई पटकसम्म प्रदर्शनीको मिति सरेको छ । चलचित्र यसअघि भदौ ३१ गते प्रदर्शन हुने भनिएको थियो ।

पछि कात्तिक ११ गते प्रदर्शन गर्ने तय भएपनि महजोडीको महापुरुषको प्रदर्शनी रहेकाले पुनः लाखेको प्रदर्शन एक हप्ता पछि सारिएको हो ।

IME Life
kumari