citizens life insurance long ad
stcnepal long ad

सिजी समूहको दूरसंचार कम्पनी मोल्डसेलले आइपिओ जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो तीन वर्षदेखि लगातार घाटामा रहेको चौधरी समूह अन्तर्गतको दूरसंचार सेवा प्रदायक कम्पनी मोल्डसेलले सर्वसाधारणमा शेयर जारी गर्ने तयारी गरेको छ ।

प्रोफिट डट रोले उल्लेख गरे अनुसार माल्डोभाको राजधानी चिसिनाउमा रहेको दोस्रो ठूलो दूरसंचार सेवा प्रदायक मोल्डसेलले रोमानियाको बुखारेस्ट स्टक एक्सचेन्ज ९द्यख्द्य० मा सूचीकृत गर्न चाहेको हो।

मोल्डसेलले पछिल्लो ३ वर्षमा घाटा व्यहोरेको छ । यसको घाटा गत वर्ष ३।१५ मिलियन अमेरिकी डलर थियो । तर घाटा क्रमश नियन्त्रण गर्दै आइरहेको छ । सन् २०१९ को ६.२२१ मिलियन डलरबाट २०२० मा ५.९९ मिलियन डलरमा आएको छ ।

३ सय ३५ जना जनशक्ति रहेको मोल्डसेलले सन् २०२५ सम्ममा ५ अर्ब अमेरिकी डलर कारोबार पुर्याउने लक्ष्य राखेको छ ।

मोल्डसेलले मोल्डोभा गणतन्त्रको संकटग्रस्त दूरसञ्चार बजारमा गत वर्ष ६७.१८ मिलियन अमेरिकी डलरको खुद बिक्री गरेको थियो ।

सन् २०२१ मा १९ लाख ग्राहक सहित मोल्डसेल स्थानीय अर्को दूरसंचार कम्पनी ओरेन्जपछि, मोल्डोभा गणतन्त्रमा दोस्रो बजार साझेदार हो। जहाँ यसले कारोबार रकमको आधारमा जम्मा २९ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

स्थानीय दूरसञ्चार बजारको चिसिनाउबाट नियामकद्वारा केन्द्रीकृत डाटा अनुसार दूरस‌ंचार कम्पनीको कूल ग्राहक संख्या अधिकतम ४.७ मिलियन पुगेपनि, सन् २०२१ मा १५५.९५ मिलियन डलरको कुल राजस्व २००८ को स्तरमा मात्र थियो ।

मोल्डसेलले प्रति प्रयोगकर्ता औसत मासिक राजस्व १२।१ अमेरिकी डलर रहेको छ,, जुन प्रतिस्पर्धी ओरेन्ज मोल्डोभा र मोल्डटेलिकममध्ये सबैभन्दा कम हो।

गत वर्षको अन्त्यमा, मोल्डसेलको कुल सम्पत्ति ९६.४१ मिलियन अमेरिकी डलर रहेको थियो, जुन २०२० को अन्त्यमा पिडब्ल्युसीद्वारा लेखा परिक्षण गरिएको १०६.२६ मिलियन अमेरिकी डलरको तुलनामा ७।६ प्रतिशतले न्यून हो ।

सन् २००० देखि सञ्चालनमा आएको यो कम्पनी २०२० मार्चमा चौधरी समूहले ३१.५ मिलियन अमेरिकी डलरमा खरिद गरेको थियो ।

बिक्रेता टेलिया कम्पनी एबी, स्विडेन सरकारको स्वामित्वमा रहेको निगमले मोल्डसेलको शतप्रतिशत हिस्सेदारी आयरल्यान्डमा दर्ता भएको नेपाली समूहको कम्पनी सीजी सेल टेक्नोलोजी ड्याकलाई दिएको थियो । यसका शेयरधनी विनोद चौधरीका छोरा राहुल र वरुण चौधरी रहेका छन्।

 

IME Life
kumari