citizens life insurance long ad
stcnepal long ad

आजबाट आशा लघुवित्त वित्तीय संस्थाको ७ लाख ८९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोके

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असोज २३ गतेदेखि आशा लघुवित्त वित्तीय संस्थाको ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ ।

लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।

यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

IME Life
kumari