citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाइफ इन्स्योरेन्सका सेयरधनीलाई सेयर बापतको ५०% रकम जम्मा गर्ने समय थपियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आफ्ना संस्थापक सेयरधनीलाई ५० प्रतिशत रकम जम्मा गर्नको लागि समय थप गरेको छ ।

यसअघि इन्स्योरेन्स कम्पनीले असोज ७ गतेसम्म संस्थापक सेयरधनीहरुलाई ५० प्रतिशत रकम जम्मा गर्न आह्वान गरेको थियो । तर, अहिलेसम्म माग बराबरको रकम नजुटेपछि कम्पनीले असोज २६ गतेसम्म समय थप गरेको हो ।

इन्स्योरेन्स कम्पनीको साउन ६ गते सम्पन्न विशेष साधारण सभाले पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेपछि सोही अनुसार संस्थापक सेयरधनीहरुबाट थप रकम जम्मा गर्न आग्रह गरेको हो ।

यसको लागि संस्थापक सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्ग, कुमारी बैंक पुतलीसडक, हिमालयन बैंक न्यूरोड र सानिमा बैंकको नक्सालमा रहेको खाता नम्बरमा गएर जम्मा गर्न सक्नेछन् ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । त्यसको ५० प्रतिशत रकम संस्थापक सेयरधनीबाट जुटेपछि यसको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । कम्पनीले यहि पुँजीबाट आइपीओ जारी गर्नेछ ।

यसपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब भन्दा माथी पुग्नेछ । नियामक बिमा समितिले जीवन बिमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि गर्न कम्पनीले यस्तो प्रस्ताव गरेको हो ।

IME Life
kumari