citizens life insurance long ad
stcnepal long ad

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. द्वारा नयाँ व्याजदर निर्धारण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सहकारी संस्थाको क्षेत्रमा काठमाडौं जिल्लाभरिनै निकै लोकप्रिय,ख्यातिप्राप्त र विश्वसनीयता कमाएको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हिजो २०७९ असोज २ गतेबाट नयाँ व्याजदर निर्धारण गरेको छ।

यस सहकारी संस्थाको मुख्य कार्यालय बत्तिसपुतली र शाखा कार्यालय इन्द्रचोकमा रहेको छ। यस सहकारी संस्थाको गत असोज २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २ गतेदेखि नै लागू हुनेगरि दैनिक बचत,विभिन्न बचत,मुद्दती बचत, आवधिक बचत र विशेष बचत र ऋण लगानीमा नयाँ व्याजदर निर्धारण गरि लागू गरिएको सेयर सदस्यहरूलाई जानकारी दिएको छ।

नयाँ व्याज अनुसार बचत निक्षेपतर्फ नोमेनी(आवधिक) बचत खाता,साधारण बचत खाता,गोल्डेन सेभिङ खातामा ८ प्रतिशत व्याज प्रदान गर्ने जनाएको छ।

यसैगरि सुपर सेभिङ खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता,कर्मचारी बचत खातामा ९.२५ प्रतिशत व्याज प्रदान गर्ने सो सहकारी संस्थाले जनाएको छ।

यस्तै बाल बचत खाता,सेभिङ प्लस खातामा १० प्रतिशत,स्मार्ट सेभिङ खातामा ११ प्रतिशत र मासिक नियमित अनिवार्य बचतमा १२.७५ प्रतिशत व्याज दिने जनाएको छ। यस्तो व्याज त्रैमासिक रूपमा दिने पनि जनाएको छ।

यसैगरि आवधिक निक्षेप बचत तर्फ छ महिना भन्दा कम बचतमा मासिक व्याज लिनेमा १३।५० प्रतिशत,त्रैमासिक व्याज लिनेमा १३.६५ , बार्षिक व्याज लिनेमा १३.७५ प्रतिशत व्याज दिने जनाएको छ ।

छ महिने बचतमा मासिक व्याज लिनेमा १३.७५ प्रतिशत,त्रैमासिक व्याज लिनेमा १३.८४ प्रतिशत,एक वर्षमा व्याज लिनेमा १४ प्रतिशत र १ देखि ३ वर्षसम्मको बचतमा मासिक व्याज लिनेमा १४ प्रतिशत,त्रैमासिक व्याज लिनेमा १४.१० प्रतिशत र वार्षिक व्याज लिनेमा १४.२५ प्रतिशत व्याज दिने सो सहकारी संस्थाले जनाएको छ।

यसैगरि नवकान्तिपुर सहकारी संस्थाले कर्जा लगानी तर्फ आवास कर्जामा १६ प्रतिशत, शैक्षिक कर्जामा १६ प्रतिशत, व्यवसायिक कर्जामा १६ प्रतिशत, कृषि कर्जामा १६ प्रतिशत, हायर पर्चेज कर्जामा ९ व्याक्तिगत० १६ प्रतिशत, हायर पर्चेज कर्जामा (व्यवसायिक) १६ प्रतिशत,रियल स्टेट कर्जामा १६ प्रतिशत, व्याक्तिगत कर्जामा १६ प्रतिशत र आवधिक बचत रसिद धितो कर्जामा+२ प्रतिशत वा १४.२५ मध्ये जुन बढी हुन्छ त्यही निर्धारण गरिएको नवकान्तिपुर सहकारी संस्थाले जनाएको छ।

IME Life
kumari