कोरम नपुगेपछि नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकको स्थगित
काठमाडौं । नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनीको भदौ २३ गते बस्ने भनिएको वार्षिक साधारण सभा स्थगित भएको छ ।
सभामा गणपूरक संख्या (कोरम) नपुगेपछि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
अब, कम्पनीले असोज ११ गते सभा डाकेको छ ।
सभा, कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।





















