युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले केही व्यक्तिहरुलाई वर्किङ भिषामा युके लगायतका देशहरुमा रोजगारीको लागी पठाई दिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिई सम्पर्क बिहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(४ धुम्वाराहीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

























