citizens life insurance long ad
stcnepal long ad

आज श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँट हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । श्रीजनशील लघुवित्तको आइपीओ आज सोमबार बिहान बाँडफाँट हुँदैछ । आइपीओ सनराइज क्यापिटलको कार्यालय कमलपोखरी काठमाडौंमा बिहान सवा ९ बजे बाँडफाँट गरिनेछ ।

श्रीजनशीलको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । ३६ हजार ८५९ जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यो आइपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५ प्रतिशत अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

IME Life
kumari