citizens life insurance long ad
stcnepal long ad

नेपाल दुरसञ्चार कर्मचारी संगठनको ११ओैं अधिवेशन विराटनगरमा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ११ औं महाधिवेशन ट्रेड युनियन आन्दोलनको उदगम भूमी प्रदेश नंम्बर १ को राजधानी विराटनगरमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन, उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन भन्ने नारा सहित गत भाद्र २२–२४ गते विराटनगरमा सम्पन्न भएको हो ।

संगठनको ११ ओैं अधिवेशनको पूर्व अर्थ मन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथि, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष आतिथ्यतामा गत भाद्र २२ गते संगठनका तत्कालीन अध्यक्ष यादव प्रसाद पनेरुको अध्यक्षतामा उदघाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६ सय प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

महाधिवेशनमा विगतमा संगठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो । उक्त महाधिवेशनबाट मोहन प्रसाद फुयाँलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राजकिशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणि कुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढुंगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल निर्वाचित भएका छन ।

यसैगरि केन्द्रीय सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि। सी।, सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई। दीपक पौडेल, राम प्रसाद भट्ट, हरिकृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, रामबाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि संगठन अझ सशक्त ढङ्गले क्रियाशील रहने संकल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको सो संगठनले जनाएको छ ।

IME Life
kumari