citizens life insurance long ad
stcnepal long ad

सेयर बजारमा सामान्य गिरावट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सेयर बजारमा आज भदौ २३ गते बिहीबार पनि सामान्य गिरावट आएको छ। बजार आज २।१३ अंकले घटेर १९३७.७४ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ३७६.८४ को विन्दुमा झरेको छ। आज कारोबार रकम करिव १ अर्ब ४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको भएको छ।

बजार विश्लेषकहरूले आजको बजारको घटाइ लगभग सकिएको बताएका छन्। अब विस्तारै बजार माथि नै जाने छ, तर पनि बजारमा केही दबाब देखिएको छ विश्लेषण गरेका छन । अझै पनि नेपाल राष्ट्र बैंकहरुले सरकारी बैंकहरुलाई दबाब दिइरहेका छन ।

२५ लाख रुपैयाँभन्दा माथिको कर्जालाई १५० जोखिम भार गणना गर्दा मार्जिन कलको समस्या आएको छ ।

पछिल्लो समय बजार सुधारका काम भएका र ठूला चाडपर्वका बेला रेमिट्यान्स पनि बढी आउने भएकोले बजारमा सकारात्मक दिशामा अघि बढने आशा गर्न सकिन्छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

वित्त समूह सर्वाधिक १.३७ प्रतिशतले माथि चढेको छ। विकास बैंक समूह १.०८ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन समूहमा ०.४२ प्रतिशत, जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०२ प्रतिशत र लगानी समूहमा ०.०३ प्रतिशतको बढेको छ।

आज अन्य समूह सर्वाधिक १।३३ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह ०.९४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२७ प्रतिशत, लघुवित्त समूहमा ०.०४ प्रतिशत, जीवन बीमा समूहमा ०.२७ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८८ प्रतिशतको गिरावट आएको नेप्सेले जानकारी दिएको छ।

यसैगरि आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ३४ लाख १ हजार ६९२ कित्ता सेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० रुपैयाँमा किनबेच भएका छन्। हिमालयन एभरेस्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

रिडी पावरको ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरि नबिल बैंकको ३ करोड ३५ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ३९ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ३२ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २ करोड २७ लाख रुपैयाँ, अपी पावरको २ करोड १ लाख रुपैयाँ र शिवम सिमेन्टको १ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जानकारी दिएको छ।

यस्तै आज ग्लोबल आइएमई लघुवित्त र मल्टीपर्पस फाइनान्सका सेयरधनीहरुले धेरै कमाएका छन। यी दुवै कम्पनीको सेयर मुल्य ४ प्रतिशत बढेको छ।

आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका छन। यो लघुवित्तको सेयर मुल्य ६ प्रतिशत बढीले तल झरेको छ।

IME Life
kumari