दसैंँ–तिहारमा Skyworth को “क्यासब्याक दनादन, उपहार टनाटन”
काठमाडौँ । के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि ले दशैं–तिहारको अवसरमा Skyworth होम अप्लायन्समा ““Skyworth क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ ।
यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले Skyworth होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
विगत ५ वर्षदेखि Skyworth ले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ ।
Skyworth होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।
Skyworth ले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने Skyworth को विश्वास रहेको छ ।























