citizens life insurance long ad
stcnepal long ad

यती एअरलाइन्सको क्यासब्याक अफर, टिकट खरिदमा १ हजारसम्म डिस्काउन्ट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यती एअरलाइन्सले यात्रुका लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ । यती एअरलाइन्सको विभिन्न गन्तब्यहरुको टिकट मोबाइल एप वा वेबसाइट मार्फत्  खरिद गर्दा रु.३०० देखि १००० रुपैयाँसम्मको  क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ ।

यती एअरलाइन्सले डिजिटल वालेटसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एअरलाइन्सले दाबी गरेको छ ।

भाद्र १८ देखि ३० गते भित्र मोबाइल एप वा वेबसाइटबाट टिकट खरिद गर्दा यात्रुलाई अब टिकट सस्तो पर्नेछ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘हवाई ईन्धनमा भएको मूल्य वृद्धि तथा बिमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा यो क्यासब्याक अफरले केहि मात्रामा भए पनि राहत दिनेछ।’

यो अफरको प्रभावकारिताका आधारमा भाद्र ३० पछि पनि योजनालाई निरन्तरता दिन सकिने बर्तौलाले जानकारी दिए । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो अफर ल्याइएको एअरलाइन्सले जनाएको छ ।

यस अफरअन्तर्गत, फ्लाइट बुकिङ्गमा रु। १००० सम्मको रकम डिस्काउन्ट र क्यासब्याक गरी तत्कालै तर अलग–अलग प्राप्त हुनेछ । जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङ्गकर्ता वालेटमा क्यासब्याक स्वरुप प्राप्त हुनेछ ।

IME Life
kumari