citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंक लिमिटेडद्धारा विकसित नयाँ कर्जा सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) को लाभग्राहीका लागि प्रभु बैंक लिमिटेडद्वारा विकसित नयाँ कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित होटेल भ्याली भ्युमा एएसडीपीको लाभग्राहीहरुका लागि विकसित नयाँ कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कृषि क्षेत्र विकास कार्यक्रम ९एएसडीपी० कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष(आईएफएडी) को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १.गरिवी विहीन र लक्ष्य २. शून्य भोकमरी) प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव डाक्टर लेखराज दाहालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमा प्रभु बैंक लिमिटेडका (सीबीसीओ) सुनिल राना लगायत कर्णाली प्रदेश अन्तर्गतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । (एएसडीपी) का संयोजक विनोद कुमार भट्टराईले (एएसडीपी) को परीचयसहित कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गराए ।

प्रभु बैंक लिमिटेडका हेड–माइक्रोफाइन्यान्स् डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले (एएसडीपी) को लाभग्राहीका लागि सहज र सरल तरीकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै लोन प्रोडक्ट बनाई कार्यान्वयन गरीने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्तर्गतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरतासमेत उपलब्ध गराउन आग्रह गरे ।

IME Life
kumari