नेको इन्स्योरेन्सको नाफा बढ्यो
काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५५ करोड १ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो ।
अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ रहेको थियो । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ ।
जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । नेको इन्स्योरेन्सको खुद बिमा शुल्क आम्दानी पनि ४.५० प्रतिशतले बढेर असार मसान्तसम्म १ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
नेकोको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष पनि सामान्य बढेको छ भने बिमा कोषमा २५.०२ प्रतिशतले वृद्धि भएको छ ।
रिजर्भ कोषमा ४८ करोड ७३ लाख रुपैयाँ र बिमा कोषमा १ अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । वित्तीय विवरण अनुसार नेकोको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा रहेको छ ।


























