नवकान्तिपुर सहकारी संस्थाको २५ ओैं साधारणसभा असोज ७ गते
काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. को २५ ओैं वार्षिक साधारण सभा आगामी असोज ७ गते अपरान्ह २ बजे बबरमहलस्थित कार्की बैंङ्केटमा हुने भएको छ।
संस्थाको सञ्चालक समितिको गत साउन १८ गते बसेको बैठकले यो निर्णय गरि सुचना सार्वजनिक गरेको सञ्चालक समितिका सचिव मुकुन्दराज पाण्डेले जानकारी दिएका छन।
२५ ओैं साधारण सभामा अध्यक्षले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्ने,मन्तव्य राख्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखासुपरिक्षण प्रतिवेदन पेश गर्ने, लेखा परिक्षण प्रतिवेदन पेश गरि छलफल गरि पारित गर्ने, सञ्चालक समितिका निर्णयहरू पारित गर्ने, १८ प्रतिशत लाभांश पारित गर्ने,चालू आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र निजको पारिगरि पारिश्रमिक तोकी पारित गर्ने, संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा निर्णय गर्ने जनाएको छ।
यसका अलवा साधारण सभाले चालू आ. व. २०७९/०८० को वार्षिक नीति, कार्यक्रम, बजेट पेश गरि छलफल गरि पारित गर्ने,सञ्चालक समिति,लेखा सुपरिक्षण समिति,प्रमुख कार्यकारी निर्देशकको तलव, भत्ता, सेवा सुविधा तोकि पारित गर्ने,संस्थाको बचत परिचालन आन्तरिक कार्यविधि,कर्जा तथा असुली आन्तरिक कार्यविधि पारित गर्ने, सञ्चालक समितिको पदाधिकारी,सदस्य तथा लेखा सुपरीक्षण सदस्यको निर्वाचन गर्ने आदि विषयमा छलफल गरि पारित गर्ने सचिव पाण्डेले जानकारी दिएका छन।





















