stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने, हाम्रो टेक्नोलोजीले ल्यायो ‘एम बैंक एप’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

काठमाडौँ । सहकारी संस्थाका सदस्यहरुले अब आफ्नो सहकारीको खाताबाट सिधैं बैंकको खातामा रकम पठाउन सक्ने भएका छन् । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिङ प्लेटफर्म ‘एम बैंक एप’ प्रयोग गरी सहकारीको खाताबाट रकम सिधै बैंक खातामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेका बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सक्ने हाम्रो टेक्नोलोजीका संचालक संजय महासेठले जानकारी दिए ।

हाम्रो टेक्नोलोजीले निर्माण गरेको यो प्रणालीले सहकारीको र बैंकबीचको डिजिटल कारोबारको दुरीलाई समाधान गरेको छ। बिगतमा सहकारीमा खाता हुनेले त्यहाँको चेक बैंकमा डिपोजिट गर्न नपाउँदा सहकारीमा खाता हुनेले पैसा ट्रान्सफर गर्नलाई समस्या भोग्दै आएका थिए । तर अब भने सहकारीमा खाता भएकाले पनि सहजै बैंकहरुको खातामा एक क्लिकमै पैसा ट्रान्सगर गर्न पाउनेछन् ।

लकडाउनको विषम परिस्तिथिमा हाम्रो टेक्नोलोजीले निर्माण गरेको यो प्रणालीले कम्पनीमा आबद्ध सहकारीका सदस्यलाई घरमै बसेर डिजिटल कारोबारको अवसर सृजना गरेको कम्पनीले जनाएको छ।

हाम्रो टेक्नोलोजीमा अहिले ३०० वटा सहकारी संस्थाहरु आवद्ध छन् । कम्पनीमा आवद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सक्ने कम्पनीका संचालक बिष्णु महर्जनले बताए । बिगत ५ बर्ष देखि हाम्रो टेक्नोलोजी प्रा.लि.ले नेपालको बैंकिङ तथा सहकारी क्षेत्रमा केहि नयाँ र नौलो गर्ने उद्देश्यका साथ अघि बढिरहेको छ ।

हाम्रो टेक्नोलोजीले कम्पनीमा आबद्ध १० वटा बैंकलाई समेत सेवा दिईरहेको छ । एम बैंक एपमा धेरै नयाँ नौलो सुबिधा हरु दिइरहेको हाम्रो टेक्नोलोजीका सिनियर म्यानेजर सुशिला पुरी शाहीले बताइन् ।

“एम बैंक एप मा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न ,लोनको जानकारी हेर्न , फोन, नेट, टिभि, रिचार्ज गर्न, ई ९ सेवा, खल्ती, प्रभु पे , आइएमई पे जस्ता डिजिटल वालेट लोड गर्ने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलव्ध छन्” उनले भनिन् ।

हाल ४ वटा सहकारी शिखर सहकारी, झापा, चन्द्रागिरी सहकारी काठमाडौं, नवजीबन सहकारी धनगढी र नेजु गुरु सहकारी काठमाडौंले यो सुबिधाको सफल परीक्षण गरिसकेका छन् । यी सहकारीले चाँडै आफ्नो सदस्यहरु बीच यो नयाँ प्रोडक्ट अर्थात बैंक खातामा रकम ट्रान्सफर गर्न मिल्ने सेवा सुरु गर्दैछन् । हाम्रो टेक्नोलोजीले बैंक र सहकारी तथा वित्तीय संस्थाहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गरिरहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari