stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा तयार गरिने NI 31 तयार गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोवार भैरहेका कम्पनीहरु मध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा तयार गरिने NI 31 तयार गर्ने भएको छ ।

छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने NI31 दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने NI31 नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोवार भैरहेका हरेक सेक्टरका कम्पनीहरुमध्यबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।

यसरी NI31 ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, NEPSE Index को भारित पूँजीगत औषतका कमिकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न समेत NI31ले सहयोग पु¥याउने विश्वास कम्पनि लिएको छ ।

 

prabhu mahalaxmi
kumari