भदौं अन्तिम सातादेखि भृकुटीमण्डपमा फर्निचर मेला
काठमाडौं। भदौको अन्तिम सातादेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं फर्निचर तथा फर्निसिङ मेला–२०७९ को आयोजना हुने भएको छ ।
दुई वर्षसम्म आयोजना हुन नसकेको एक्स्पो आगामी भदौ २३ देखि २७ गतेसम्म नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रा।लि।को व्यवस्थापनमा आयोजना हुन लागेको हो ।
पाँच दिनसम्म चल्ने मेलामा १२० भन्दा बढी कक्ष रहनेछन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा मुख्य आकर्षण रहनेछन् ।
मेलामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकको सहभागिता रहने बताइएको छ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाले टेवा पुरयाउने अपेक्षा गरिएको आयोजक संघले जनाएको छ ।
























