नबिल इन्भेष्टमेण्टको ‘पीच–नीक’ सेवा सञ्चालनमा
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले ‘पीच नीक’ सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा अन्तर्गत महिनाको अन्तिम शुक्रवारका दिन पीच–नीक सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीका सो सेवाले अनुसार प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरुबाट उनिहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक बिचारहरु लाई छानी उक्त व्ययसायिक सोचलाई बास्तविकतामा बदल्न मद्दत गर्नेछ ।
यसका साथै कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाइएको छ ।
यो सेवा प्राय जसो सुरुवात र व्यवसाय विस्तारमा रहेका कम्पनीहरूका लागि आवश्यक हुने कम्पनीले जनाएको छ ।
भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछ । यो सेवा अन्तर्गत बैंक तथा वित्तिय संस्थाहरूमा व्यवसायिको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरू द्वारा पूजीँको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।
त्यस्तै प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी (व्यक्तिगत लगानी) को व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ भने यस अन्तर्गत व्यवसायको बिकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरी व्यावसायीहरुको व्यावसाय संचालनको लागि सहजिकरण तथा गुणात्मक मुल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ ।
यस प्रकारको सेवा प्राप्त गर्न चाहने उद्यमीहरुका लागि कम्पनीले सम्पर्क नम्बरपनि उपलब्ध गराएको छ । कम्पनीका अनुसार निम्न फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सन नम्बर १५६, १६२) मा सम्पर्क गर्न सकिन्छ ।























