stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पर्सा । वीरगन्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकपुर चौधरी रहेका छन्। उनीहरुलाई आइतबार राति पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

prabhu mahalaxmi
kumari