stcnepal long ad
global ime bank long

मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउँछः पवन गोल्यान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन्।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर ) बढाएर चार प्रतिशत बनाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताएका हुन्। उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने बताए।

उनले भने, ‘समग्रमा मौद्रिक नीति राम्रो रहेको छ। अझ कसिलो आउनुपर्ने थियो। बैंकको ब्यादर ७ प्रतिशतबाट ८।५ प्रतिशत बनाएको छ।

अर्कोतिर सिआरआरको पैसा १ प्रतिशतबाट थप गरेर ४ प्रतिशत बनाएको छ। त्यसले ब्याजबिना राष्ट्र बैंकमा पैसा थुप्रिने भयो। त्यसले गर्दा बैंकको लागत बढायो। यसले बैंकको नाफा घट्छ।’

अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने दाबी गरे।

बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भए पनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको उनको भनाइ छ।

उनले परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको बताए। अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्षहरु रहेको भन्दै बैंक कर्जा विस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताए।

उनले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा विस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गरे।

उनले गत वर्ष १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि पूरा नभएको भन्दै यो वर्ष पनि त्यही अवस्था देखिएको बताए। उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिए पनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको उनको भनाइ छ।

परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्ने बताए। उनले भने, ‘बैंक तथा वित्तीय परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्छ।

तर केही नीतिहरु परिवर्तनयोग्य रहेका छन्। अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा मौद्रिक नीति राम्रो रहेको छ।

मौद्रिक नीतिका राम्रा पक्ष उद्योग र उत्पादशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने छ। त्यो राम्रो पक्ष हो। त्यस्तै रेमिट्यान्स बढाउने नीतिमा आएको छ, त्यो पनि राम्रो हो।’

 

IME Lifesidebar
kumari