stcnepal long ad
global ime bank long

काठमाडौँको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीको छापा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । काठमाडौँको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीले छापा मारेको छ। कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा काठमाडौँ प्रहरी परिसरले छापा मारेको हो। उक्त कल सेन्टर चिनियाँ नागरिकले सञ्चालन गरिरहेको भन्ने बुझिएको छ।

परिसरका अनुसार टोलीले छापा मारिरहेको र केही व्यक्ति सहित कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएको छ।

‘अनलाइन ठगी भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मारेका हौँ। विस्तृत विवरण भने आउन बाँकी छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

यसअघि पनि कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरीले उपत्यका र अन्य जिल्लाबाट पनि कलसेन्टरमा कार्यरत युवायुवतीलाई पक्राउ गरेको थियो।

त्यस्तै आइतबार मात्रै प्रहरीले कल सेन्टरबाट सर्वसाधारण ठगी गरेको आरोपमा तिलोत्तमाबाट ७ सञ्चालकसहित डेढ सय युवायुवतीलाई नियन्त्रणमा लिएको थियो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.२ जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाइ ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

IME Lifesidebar
kumari