stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंक अफ काठमाण्डूका ग्राहकलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच सम्झौता भएको छ । बैंक र ल्याबबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डूको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

prabhu mahalaxmi
kumari