stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबिच सम्झौता छ । बैंकले युवा तथा महिला उद्यमीलाई वित्तीय कर्जा दिने बिषयमा उक्त संस्थासंग सम्झौता गरेको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रमा साना किसानलाई सहज ढंगबाट वित्तीय कर्जा दिइनेछ ।

यो साझेदारीबाट युवा, महिला उद्यमी र साना किसानहरुको व्यवसाय विस्तार गर्ने उद्देश्य लिइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हेफरले उन्नत इन्टरनेसनलका पशुपालनमा किसानलाई सघाउँदै आएको छ ।

prabhu mahalaxmi
kumari