stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा तथा सन्चालन गर्न रु. २ अर्व ५४ करोड सम्मको कर्जा सुविधाहरु स्वीकृत गरि २०७९ साल श्रावण ५ गते बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ ।

उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु। १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु।१ अर्ब सम्म लगनी गर्ने छ ।

बिहीबार सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमूख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव महाप्रबन्धक  सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत  ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत सुजित कुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत  भुपेन्द्र पाण्डे सहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो।

कार्यक्रममा हस्पिटलका अध्यक्ष  कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

prabhu mahalaxmi
kumari