आजदेखि एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर पुनः लिलामीमा
काठमाडौं । एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर आज बिहीबार (साउन ५ गते) देखि पुनः लिलामीमा बिक्री खुला भएको छ ।
एनआइसी एसिया बैंकको ७ लाख १७ हजार ९५० कित्ता र नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको हो । लगानीकर्ताले एनआइसीको सेयरमा न्यूनतम ४२५ रुपैयाँ र नेपाल लाइफको सेयरमा न्यूनतम ७०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
दुवै कम्पनीको संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । दुबै कम्पनीको संस्थापक सेयर यसअघि पटकपटक बिक्री खुला गर्न पनि नबिकेपछि पुनः लिलामीमा ल्याइएको हो ।

























