stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम मौका

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिनेसाउन ४ गते बुधबार अन्तिम दिन हो । बुधबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिनेछ ।

बैंकले असार २२ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । ए

सबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । प्रतिशत

prabhu mahalaxmi
kumari