stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सनराइज बैंक र मोको वालेटबीच भुक्तानी सेवा सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंक र मोको डिजिटल वालेटबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भइ सेवा सुरु भएको छ ।

यस सहकार्य पश्चात सनराइज बैंकका ग्राहकले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न तथा १५०० भन्दा बढी मर्चेन्टहरुमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् ।

हालसम्म क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड मार्फत भुक्तानी गर्दा पिओएस मा वा इकमर्स मार्फत मात्र कारोबार गर्न सक्ने भएकोमा अब उप्रान्त क्रेडिट कार्डलाई मोको एपमा लिंक गरे पश्चात क्यूआर कोड स्क्यान गरेर समेत भुक्तानी कारोबार गर्न सक्ने भएकाले यो सेवाले डिजिटल भुक्तानीको वृद्धिमा थप सहयोग पुर्याउने बैंकले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari