stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

संसदीय विशेष छानबिन समितिले आज अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्ने भएको छ। दिउँसो १२ बजे सिंहदरवारस्थित समिति सचिवालयलमा अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव सुरेन्द्र अर्यालले देश सञ्चारलाई जानकारी दिए।

समितिले अर्थसचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरू, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ।

 

 

अर्थ मन्त्रालयका अधिकारीहरूलाई तीन चरणमा समितिमा बोलाएर बयान लिने समितिले तयारी गरेको छ। शुक्रबार मन्त्रालयले बजेट निर्माणसम्बन्धी कागजात र सिसिटिभीको फुटेज समितिलाई बुझाएको छ। त्यसमाथि आवश्यक छानबिन बाँकी छ।

समितिको आज पाँचौँ दिनको बैठक बस्न लागेको हो। काम सुरु गरेको १० दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने समितिलाई जिम्मेवारी छ।

सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेका थिए। छानबिनमा सहयोग गर्ने भन्दै जनार्दन शर्माले समिति बनेकै दिन अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

 

prabhu mahalaxmi
kumari