stcnepal long ad
ime life insurance
global ime bank long

गुणस्तरहीन दाल र चामलमा रोक्का तथा शिलबन्दी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

बारा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा राहत वितरणको क्रममा फेला परेका गुणस्तरहीन दाल र चामल रोक्का तथा शिलबन्दी गरिएको छ ।

बारा कलैया उपमहानगरपालिका-२० बसतपुरमा शुक्रबार राहत वितरण गर्न लागिएको दालको केही भागमा किरा लागेको तथा सडेको देखिएको भन्ने सूचनाको अधारमा तत्काल निरीक्षण तथा अनुगमन गर्दा पुरानो, किरा लागेको र खान योग्य नदेखिएको हुँदा राहत बितरण गर्न भनी राखिएको २५ केजी दरका २५ बोरा रहरको दाल तत्कालै नियन्त्रणमा लिइएको हो । उक्त दाल परीक्षणका लागि नमूना लिई प्रहरी चौकी बसतपुरको नियन्त्रणमा राख्न पठाइएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाराको पत्रादेशले उक्त दाल खरिद गरिएको स्थान कलैया उपमहानगरपालिका-७ स्थित यादव कोल्ड स्टोरमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहितको प्रहरी टोली गई अनुगमन तथा तलासी गर्दा सोही ब्राण्डको २५ केजी दरका ३ सय ८० बोरा रहरको दाल शनिबार फेला परेकोले परीक्षणको लागि नमूना समेत लिई शिलबन्दी गरी राखिएको हो ।
साथै कलैया उपमहानगरपालिका-२२ बाट करिब ६ सय १५ जनालाई वितरण भएको राहत खाद्य सामग्रीमध्ये करिब ५० परिवारलाई वितरण गरिएको चामलको नमूना पुरानो एवं गन्ध आउने खालको पाइएकोले उक्त राहत वितरण भएकोबाट परीक्षणको लागि नमूना लिइएको छ ।

उक्त चामल बिक्री गर्ने जितपुर सिमरा उपमहानगरपालिका-१७ जैतापुर स्थित प्रदिप राईस मिलमा जिल्ला प्रशासन कार्यालय बाराका प्रतिनिधि सहितको प्रहरी टोलीले अनुगमन तथा तलासी गर्दा सोही ब्राण्डको ३० केजीको दरले ३२ बोरा फेला पारी नमूना समेत लिई रोक्का तथा शिलबन्दी गरी राखिएको छ ।

उल्लेखित विभिन्न ठाउँबाट लिइएका दाल तथा चामलका नमूनाहरु परीक्षणको लागि पठाइएको तथा प्राप्त परीक्षण प्रतिवेदनका आधारमा खाद्य ऐन, २०२३ लगायतका प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari