नेपाल धितोपत्र बोर्डसँग बीपीडब्लु लघुवित्तले आइपीओ जारी गर्न अनुमति माग्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ९७ हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कुल ९७ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन हुनेछ ।
हाल यस लघुवित्तको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि भने चुक्ता पुँजी ३ करोड रुपैयाँ पुग्नेछ । यसमा मेगा क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।


























