stcnepal long ad
ime life insurance
global ime bank long

नेशनल लाईफ इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख प्रदान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ । आज कम्पनीको संचालक समितिकाअध्यक्ष श्रीमती प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उपरोक्त रकम वरावरको चेक प्रदान गर्नु भएको हो ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य श्रीमती भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत  भरत बस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत  सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो ।

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन कम्पनी सबैमा हार्दिक अनुरोध गर्दछ ।

 

 

 

 

prabhu mahalaxmi
kumari