citizens life insurance long ad
stcnepal long ad

तीन जना सक्षम र व्यवसायीक युवाद्वारा उम्मेदवारी घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकाको वैदेशिक रोजगारी छाडेर नेपालमानै केही गर्नु पर्छ भन्दै रेडियो नेपालका पत्रकार दाइ हरिशरण लामिछानेकै मार्ग पछयाउदै सात वर्ष अगाडिदेखि नेपालमै बसेर टेलिभिजन पत्रकारिता गरेका र अहिले पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले समकालीन कुनै पनि राजनीतिक दलमा प्रवेश नगरि नयाँ राजनीतिक दल खोलेका छन् ।

आज असार ७ गते मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा उनले नयाँ दल निर्माणको घोषणा गरेका छन् ।

 

 

लामिछानेले ’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका छन् । चुनाव चिन्ह घण्टी लिने पनि घोषणा गरेका छन। नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरामा आजै उदघाटन गरिने भएको छ। लामिछानेले नयाँ दलको घोषणा गर्दै भनेका छन्– ’अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन्।

तिनीहरूको सम्मान गर्नुपर्छ । उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् ।

साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने पनि बताएका छन । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने पनि घोषणा गरेका छन ।

तर निर्वाचनमा ’राइट टु नो भोट’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनको दाबी थियो। लामिछानेले यही पार्टीबाट आगामी प्रतिनिधि सभामा निर्वाचन लडने समेत बताएका छन।

यसै गरि आज दिउँसो पशुपतिनाथ मन्दिर परिसरबाट काठमाडौं क्षेत्र नं २ का लागि कोषराज सुबेदीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन।

विगत दुई दशकदेखि बैंक,बीमा र सेयर बजार क्षेत्रमा सकृय व्यवसायी रहेका सुबेदीले उर्जा, पर्यटन, कृषि, उद्योग,स्वास्थ्य बीमा, निशुल्क शिक्षा, भौतिक पूर्वाधारको विकास गर्दै देशमा रोजगारी सिर्जना गर्ने ‘सोचसँगै समृद्वि’ भिजन अगाडि सारेका छन। उनले काठमाडौं क्षेत्र नं २ मा पूर्वाधार विकास र रोजगारीको सिर्जना गरिने दाबी गरेका छन।

पशुपतिनाथ परिसरको पवित्र धार्मिक क्षेत्रबाट उम्मेद्वार घोषणा गर्दै सक्षम,योग्य,लगनशिल, इमानदार र भिजनशिल युवाहरू राजनीतिमा आउनुपर्ने र सक्षम युवा राजनीतिमा आएमात्र लाखौं युवाहरू विदेश जान नपर्ने गरि स्वदेशमै रोजगारी सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य उपचारका लागि विदेश जान नपर्ने गरि प्राविधिक विद्यालय,कलेज र विश्व विद्यालय, अस्पताल र मेडिकल कलेज खोलेर स्वदेशी र विदेशीका लागि नेपालमा शिक्षा,स्वास्थ्य र रोजगारीको हब बनाउन सकिने बताएका छन।

झापाका सुबेदीले विगत एक दशकदेखि राजधानीलाई कर्मथलो बनाइरहेका छन् । दुई दशकदेखि वित्तिय क्षेत्रमा लागेर सफल बनेका सुबेदीले अब राजनीतिबाट देशलाई परिवर्तन दिलाउन उम्मेदवारी घोषणा गरेको बताए । उनले उम्मेदवारी घोषणा गर्दै भने–’आजसम्म देशले मलाई जे दियो अब त्यसको सम्मान गर्दै दिने पालो मेरो आएको छ’।

‘सोचसँगै समृद्धि’ भन्ने मुल मन्त्र लिएर उम्मेदवारी घोषणा गरेका सुबेदीले समाज र राष्ट्रलाई माथि उकास्न सक्ने संकल्प र प्रतिज्ञा लिएको बताए ।

समाजमा रहेका शैक्षिक बेरोजगारीलाई कम गर्दै अहिले देखिएका बिकृति तथा नीतिगत भ्रष्टाचारबिरुद्ध सदनसम्म आवाज उठाउनका लागि आफ्नो उम्मेदवारी रहेको प्रतिवद्धता पनि जनाएका छन् ।

सुबेदीले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हरेक क्षेत्रलाई समय सापेक्ष प्रविधिमैत्री बनाएर शुन्य भ्रष्टाचार नीति ल्याइने प्रतिवद्धता जाहेर गरेका छन् ।
पछिल्लो समयमा राजनीतिक पार्टीबाट वाक्क भएर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र जनताको मन जित्ने लहड चल्न थालेको छ ।

यसैगरि आज नै ईन्जिनियर आकर्षण पोखरेलले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्ने घोषणा गरेका छन् ।

आज बिहान काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पोखरेलले गणितीय हिसाबले चुनावमा हार र जित देखिए पनि राजनीतिमा कहिल्यै नहार्ने बताएका छन ।

आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने दाबी गरेका छन। उनले भने– ‘मैले पाँचवटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गरेको छु । मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईं हामीले भोगिरहेका छौं, यी समस्या भोग्न पर्दैन ।’ कार्यक्रममा काठमाडौं क्षेत्र नं ९ थानकोट दहचोक निवासी नायक आर्यन सिग्देलले पनि ईन्जिनियर पोखरेललाई जितको शुभकामना दिएका थिए ।

IME Life
kumari