आज काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने महानगरको तयारी रहेको छ ।
स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको नेतृत्वमा काठमाडौंको कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्नेमा काठमाडौ बासीमा चाँसो छ ।
यता, आज प्रस्तुत हुने निति तथा कार्यक्रमका आधारमा महानगरले असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्नेछ ।























