citizens life insurance long ad
stcnepal long ad

असार २० गते रिलायन्स लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा डाक्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी असार २० गते रिलायन्स लाइफ इन्स्योरेन्सले असार २० गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीको असार ३ गते शुक्रबार बसेको बैठकको विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।

साधारणसभा अनमोल बैङक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटाहरो चलिरहँदा रिलायन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो ।

 

 

साधारणसभामा कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव छ । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असार ९ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

IME Life
kumari