citizens life insurance long ad
stcnepal long ad

आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज जेठ ३ गतेदेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा मात्रै कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।

आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ ।

यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।

IME Life
kumari