citizens life insurance long ad
stcnepal long ad

सात क्यासिनोमा प्रहरीको छापा

Nimb long ad
Prabhu Insurance Long Ad

नेपालगञ्ज । बाँके प्रहरीले एकैपटक नेपालगञ्जका सात वटा क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा व्यापक नेपालीहरूलाई प्रवेश गराइ जुवा खेलाउने कार्य भएको उजुरी आएकाले प्रहरीले छापा मारेर ६ जना नेपाली खेलाडीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन।

प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरेको छ। उनीहरूलाई कानुनअनुसार कारबाही हुने बाँके प्रहरीले जनाएको छ ।

 

 

 

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा राखिएको छ । यसअघि पनि गत आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध गरिएको छ । तर नेपालगञ्जका क्यासिनोहरूले निर्वाधरूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।

 

IME Life
kumari