citizens life insurance long ad
stcnepal long ad

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ ।

बुधवार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

 

त्यसैगरी, सभाले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनी आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डले स्वीकृती दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले आईपीओ निष्काशन पश्चात कायम चुक्ता पूँजीको आधारमा हकप्रद सेयर निष्काशन गर्नेछ ।

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

IME Life
kumari