citizens life insurance long ad
stcnepal long ad

सेयर बजार सुधार गर्न चार सदस्यीय सुझाव समिति गठन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्रालयले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ । अर्थ मन्त्री जनार्दन शर्माको निर्देशनमा बनाइएको सुझाव समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी छन् ।

यस्तै सदस्यमा बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एक- एक जना प्रतिनिधि रहने छन् । समितिले दिएको सुझावका आधारमा समस्या समाधानको पहल गर्ने अर्थ मन्त्री जनार्दन शर्माले आश्वस्त पारेका छन ।

 

 

त्यस्तै अर्थ मन्त्री शर्माले आफुले नेतृत्व सम्हालेदेखि धितोपत्र बजार देखिएका समस्याहरु पहिचान गर्दै सुदृढ गर्ने काम भएको उनले दाबी गरेका छन । पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला अर्थ मन्त्रालयले समिति गठन गरेको हो ।

३२ सय अंकसम्म पुगेको सेयर बजार करिब २ हजार अंकमा झरिसकेको छ । निरन्तर सेयर बजार ओरालो लागिरहेकाे छ।

IME Life
kumari