citizens life insurance long ad
stcnepal long ad

नेपाललाई दिने पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि,पेट्रोल खरीद मूल्य प्रतिलिटर २०३ रुपैयाँ पुग्यो

डिजेल र मट्टीतेलको मूल्य भने घटेर आयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाललाई दिने पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि भारतीय आयल कर्पोरेशन (आईओसी) ले गरेको छ। आईओसीले बुधबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलमा मात्र प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढाइएको छ।

आयल निगमका अनुसार पेट्रोलको मूल्य बढे पनि डिजेल, खाना पकाउने ग्यास र हवाइ इन्धनमा भने घटेर आएको जनाएको छ। डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ।

 

यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ। नयाँ मूल्यपछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने बताएको छ।

यो हिसाब हेर्दा निगमलाई अहिले पेट्रोल २ सय २ रुपैयाँ ९३ पैसा लागत परेको छ। त्यस्तै डिजेल १८२ रुपैयाँ र मट्टीतेल १ सय ४७ रुपैयाँ परेको छ।

झण्डै २०३ रुपैयाँ मा किनेर निगमले १ सय ८० रुपैयाँ पेट्रोल बेचिरहेको छ। अर्थात् निगमले पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ घाटा देखाएको छ भने डिजेलमा करीब २० रुपैयाँ घाटा देखाएको छ।

 

IME Life
kumari