जेठ २० गतेदेखि लुम्बिनी क्षेत्रका ट्रक नचल्ने
काठमाडौं । सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए यही जेठ २० गतेदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।
लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, डिजेलको मूल्य पटक(पटक बढ्दा ढुवानी ट्रकको भाडा दर भने वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेको बताएका छन ।
‘हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ, अतिनै भएपछि विस्फोट हुन्छ सोही अनुरुप यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनका लागि अवाज उठाएका हुन् ।’ अध्यक्ष विष्णु खरेलले बताएका छन ।
सरकारलेनै तोकेको भाडादर नपाउँदा पेशा नै संकटमा परेको भन्दै जेठ २० गतेबाट ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी रोक्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताएका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडादर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरूले आन्दोलन तय गरेका छन् ।
आन्दोलनकासँगै व्यवसायी संस्थाहरूले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताएका छन ।
यसैबीच भारतीय ट्रक तथा कन्टेनरले नेपालको सडक भार क्षमता भन्दा बढी लोड बोकेर दौडिरहेका छन। ठुला ओैधोगिक सामान, मेशिनरी सामान,ग्यास बुलेट बाहेकका भारतीय ट्रक,कन्टेनर र लहरीले भन्सार नाकामा सामान खसाएर फर्किनु पर्ने नियम छ।
१० टन क्षमता भन्दा बढी सामान लोड गरिएर ट्रक तथा कन्टेनर नेपाली सडकमा चलाउन पाइदैन तर ट्राफिक प्रहरीलाई घुस खुवाउदै १५,२० र २५ टन क्षमताका भारतीय नम्बर प्लेटका र नेपाली ट्रक, कन्टेनर,लहरी सडकमा गुडि रहेका छन। धर्मकाटाहरूले पनि बढी रकम लिएर १५,२० र २५ टन भार क्षमताको सामान बोके पनि १० टन मात्र बोकेको भनेर भार क्षमताको प्रमाणपत्र दिदा नेपाली सडक बिग्रने र भत्किदै आएका छन।
यस विषयमा पश्चिमाञ्चल ट्रक व्यवसायी संघ, लुम्बिनी र बुटवल भैरहवा ट्रक व्यवसायी संघ छिट्टै आन्दोलित हुदैछन। नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाका कन्टेनर र लहरीहरूले प्रहरी प्रशासनको आडमा १५–२० टन सामान बोकेर पनि धर्मकाटाहरूलाई १० टनको मात्र प्रमाणपत्र दिन दबाब दिने गरेको ट्रक व्यवसायीहरूले बताएका छन।
स्थानिय तहको निर्वाचन अगाडि बानियाँका ७ वटा ट्रक वुटवलको धर्मकाटाले क्षमता भन्दा बढी सामान बोकेको भनेर २४ घण्टा रोकेर राखेका थिए।
पछि बानियाँले यस्तो गल्ती पुनस् नदोरिने टेलिफोनबाट प्रतिवद्वता जनाएपछि छाडिएको एक ट्रक व्यवसायीले बताएका छन।























