विनोद भुजेल नेपाल लाइफ इन्स्योरेन्सको सूचना अधिकारीमा नियुक्त
काठमाण्डौ । विनोद कुमार भुजेल नेपाल लाइफ इन्स्योरेन्सको सूचना अधिकारीमा नियुक्त भएका छन् । कम्पनीको कम्पनी सचिव समेत रहेका वरिष्ठ प्रबन्धक भुजेललाई सूचना अधिकारीको थप जिम्मेवारी दिइएको हो ।
यस अघिका सूचना अधिकारी रोशन निरौलाले राजीनामा दिएकाले जेठ १३ गते देखि लागु हुने गरी भुजेलले जिम्मेवारी पाएको कम्पनीले जानकारी दिएको छ।
भुजेल १९ बैशाख २०७८ देखि नेपाल लाइफको कम्पनी सचिव पदमा नियुक्त भएका थिए । उनले जन प्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । अधिवक्ता भुजेलले नोटरी ट्रान्सलेटरको पनि लाइसेन्स लिएका छन् ।























