stcnepal long ad
global ime bank long

कर्मचारी समायोजनका लागि उपसमिति गठन गर्न प्राइम लाइफ कर्मचारी संघको अनुरोध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले मर्जरका क्रममा कर्मचारीसँग सम्बन्धित विषयमा आधिकारिक ट्रेड युनियनसित परामर्श गरेर मात्रै अगाडी बढ्न अनुरोध गरेका छन् ।

मर्जर सम्बन्धी प्रकृयाँ अगाडी बढाउने क्रममा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको सम्बन्धमा कुनै पनि निर्णय गर्नका लागि आधिकारिक ट्रेड युनियन ‘प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ’को प्रतिनिधि समेत रहने गरी एउटा उप समिति गठन गर्नु पर्ने माग राखेका छन् ।

 

 

कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको बृहत्तर हितलाई धायानमा राखी मर्जरको कार्यलाई अगाडी बढाँउदा प्राइम लाइफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको बृहत्तर हितलाई ध्यान दिन संघले जोडदार माग गरेको छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुको जागिरको सुरक्षालाई पुर्ण सुनिश्चित गर्न, कर्मचारी समायोजना गर्दा प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यास तथा मर्जरमा अंगिकार गरेको एचआर पोलिसी र कर्मचारी सेवा विनियमावलीलाई ध्यान दिई मर्जर प्रकृयाँ अगाडी बढाउन अनुरोध गरिएको छ ।

कर्मचारी संघले औल्याएका विषयहरुमा कर्मचारीसँग सम्बन्धित विषयहरुमा यथोचित परामर्श नभई मर्जर प्रकृयाँ अघि बढेमा संघले जस्तो सुकै निर्णय लिन बाध्य हुने भन्दै चेतावनी समेत दिएको छ ।

प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत बैशाख २९ गते एक आपसमा गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर कार्यक्रमा कर्मचारी समायोजन पनि एक चुनौपुर्ण कार्य हो । त्यसमा पनि यो तीन वटा कम्पनी विचको मर्जर भएकाले यसमा धेरै नै चुनौती थपिने संकेत देखिएको छ । ट्रेड युनियनले अहिलेदेखिनै मागराख्न थालेकाले उनिहरुको मागलाई पनि वेवस्था गर्न मिल्दैन ।

सर्वपक्षिय सहमतिमा मर्जर सफल भएमा मात्रै कम्पनीले सिनर्जी दिन सक्छ होइन भने दीर्घकालिन रोगको रुपमा रहन सक्छ ।

IME Lifesidebar
kumari