stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र २४, २०७६ सोमबार

बारा । निजगढ नगरपालिका-१३ रतनपुर बुम्जोर स्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ वटा सवारी साधनका चालकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बा.३ क ७०७ नम्बरको टिपरका चालक सल्यान बागचौर नगरपालिका-४ सिवर टोल बस्ने  नरेश बिक र बा.४ ख १४९ नम्बरको मिनिट्रकका चालक ललितपुर कोन्ज्योसोम गाउँपालिका-६ शिरोडाँडा टोल बस्ने नवराज ब्लोन रहेका छन् ।

काठमाडौं दक्षिणकालीबाट यात्रु बोकी जाँदै गरेका उक्त सवारी साधनहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै उक्त दुवै सवारी साधनका ५० जना यात्रुहरुलाई चिकित्सकद्वारा आवश्यक स्वस्थ्य परीक्षण गराई आ-आफ्नो घरमा क्वारेन्टाइनमा बस्ने सुझाव सहित पठाइएको छ ।

prabhu mahalaxmi
kumari