citizens life insurance long ad
stcnepal long ad

सेन्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको ऋणपमा आवेदन दिने आज जेठ ४ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र जारी गरेकोे हो ।

यसमध्ये ६० प्रतिशत अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख ८० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।

 

यो मध्ये १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो ।

यसमा वार्षिक १०।५० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । य

समा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

IME Life
kumari