stcnepal long ad
global ime bank long

सेञ्चुरी कमर्सियल बैंकले १८ लाख २१ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १८ लाख २१ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

 

बैंकले उक्त सुचनामा शेयरको मूल्य खुलाएको छैन । ईच्छुक आवेदकहरूले के कति दरमा शेयर खरीद गर्न चाहेको हो सो समेत खुलाई निवेदन पेश गर्न बैंकले भनेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari