stcnepal long ad
global ime bank long

नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२औँ वार्षिकोत्सव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल र इजरायबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा हिजो यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आयोजना गर्नुभएको उक्त समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालको सामाजिक(आर्थिक विकासका साथै कृषि क्षेत्रको विकासका निम्ति इजरायलले गरेको सहयोगको सराहना गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पारस्परिक सद्भाव, सहयोग र समझदारीले नेपाल र इजरायलबीचको सम्बन्धलाई सुदृढ तुल्याएको बताउँदै विश्व शान्ति र साना देशको सुरक्षा वर्तमान विश्वका निम्ति अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो । रुस र युक्रेनबीचको द्वन्द्वप्रति लक्ष्य गर्दै उहाँले त्यसो भन्नुभएको हो ।

त्यस अवसरमा इजरालका विदेशमन्त्री यायिड लपिडले द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा जारी गर्नुभएको भिडियो सन्देशमा नेपालसँगको साझेदारीलाई इजरायलले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

परराष्ट्र सचिव भरतराज पौड्यालले कूटनीति र संवादको माध्यमबाट पश्चिम एशियामा दिगो शान्ति कायम हुनुपर्ने तथा द्वन्द्वको शान्तिपूर्ण समाधान खोजिनुपर्ने नेपालको अभिमत रहेको स्पष्ट गर्दै भूकम्प र कोरोना महामारीका बेला नेपाललाई तत्काल आपत्कालीन सहयोग गरेकामा सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।

राजदूत गोडेरले कठिन परिस्थितिमा नेपालले इजरायललाई कूटनीतिक मान्यता दिएकामा आभार व्यक्त गर्दै इजरायलले नेपाललाई कहिल्यै नबिर्सने बताउनुभयो । उहाँले नेपालको विकास प्रयासमा आफ्नो देशले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, इजरायलका मित्र, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, साहित्यकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।

IME Lifesidebar
kumari