stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा थप तीन जनामा कोरोना संक्रमण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौँ । नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफ्नो फेसबुक पेजमा दिएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीको ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्तरहेको बताईएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

 

prabhu mahalaxmi
kumari