काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार वैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको सरकारले सार्वजनिक विदा दिएको छ ।
सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक २० अंकले घटेर २३५६.१७ विन्दुमा अडिएको छ ।